भिडियो हेर्नलाई तलको बिज्ञापन हटाउनुहोस



पुस ४, २०७२- सुदुरपश्चिमको बाजुरामा शनिबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ ।
यसैगरी जुम्लामा पनि भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्पपछि स्थानीयहरु त्रसित भएका छन् । करिव दश सेडेन्डसम्म भूकम्पको धक्का महसुश गरिएको थियो।
भूकम्पले जुम्लाका केही घरहरु चिर्किएका छन् । स्थानीयहरु त्रसित भएर सडकमा आएका छन् । अत्याधिक चिसो भएकाले स्थानीयलाई सडकम बस्न गाह्रो भएको छ ।
खुल्ला चौरमा आगो बालेर स्थानीयहरु बसिरहेका छन् । जुम्लामा गएरातिको तापक्रम माइनस ७ डिगी रहेको थियो । डरले घर भित्र पस्न सकेका छैनन् । भूकम्पले कहाँ, कति क्षति भयो भन्ने एकिन विवरण आइसकेको छैन ।


 

भिडियो हेर्नलाई तलको बिज्ञापन हटाउनुहोस

Post a Comment

 
Top